भगवद्गीता पूर्व देखि पश्चिम सम्म
भगवद्गीता एक वैज्ञानिक ग्रन्थ । कृष्ण एक अद्भुत व्यक्तित्व । महाभारत को इतिहास को सूक्तिबद्ध स्वरुप भगवद्गीता । हरेक श्लोक मा मन्त्र, यस्तो मन्त्र, स्वाहा… पू… गर्दै मा लागू नहुने, व्यवहार मा नउतारी हुँदै नहुने । अर्जुनलाई पाठ सिकाउने क्रममा महान् विचारक कृष्ण का ती वाणी हरु को हामी पनि रसास्वादन गर्दैछौं । कस्ता दूरदर्शी व्यक्ति ती श्रीकृष्ण, त्यस दूरदर्शिता लाई सफल तुल्याउन छन्दोबद्ध रूप ले सिँगार्ने ऋषि व्यास पनि उत्तिकै दू्रदर्शी । आचारसंहिता, व्यवहार र आध्यात्मिक ज्ञान का लागि अकूत विज्ञान को भण्डार हो भगवद्गीता । यस ग्रन्थ ले मानिस लाई सही आचरण का साथ जिउन सँधै पे्ररणा दिइरहन्छ । विश्व का धेरै दार्शनिक यति अचम्मित छन् कि, आज भन्दा लगभग ५ हजार वर्ष अगाडि को ज्ञान अहिले सम्म सान्दर्भिक कसरी हुन गयो भनेर । मँ मात्र होइन, संसार कै महान् बुद्धिजीवी पनि यस ज्ञान को सागर बाट अत्यन्त प्रभावित छन् । मेरा सन्दर्भ मा भन्दा मँ पूर्ण रुप ले डुबिनसकेको, अबुझ, बबुरो, बिचरो छु, तर पनि केही मात्रा मा आनन्द चाहिँ आउँदो पो रहेछ । भगवद्गीता हिन्दु धर्म ग्रन्थ मात्र होइन, किनकि यो ग्रन्थ त सम्पूर्ण मानवजाति को उत्थान का लागि निर्माण गरिएको एक अद्वितीय ग्रन्थ हो । हिन्दु शब्द को उत्पत्ति त सिन्धु भन्ने नदी बाट आएको भन्ने भाषा वैज्ञानिक मान्यता छ जसले मात्र ८ शय वा ९ शय वर्ष अगाडि को इतिहास बोकेको छ ।
यहाँ भगवद्गीता को र कृष्ण चिन्तन को कुरा आउँदा पौराणिक मान्यता वा पुराण का आधार मा यदि व्याख्या गरिन्छ भने त्यो मात्र अधूरो रहन जान्छ । किन भने पुराण मा सत्य भन्दा साम्प्रदायिक र आलंकारिक कुरा बढी भएको भन्ने विद्वद्वर्ग को मान्यता छ । पुराण का तथ्य हरु मा एकरुपता नभएको कुरा पनि विज्ञजन हरु बाट आइरहेको र पुराण लाई जीविका को विषय बनाउने पुरेत र पण्डित बाजे हरु ले आ आफना अनुकूलका कुरा थपेर गुरुडम बढाएको पनि हामी पढ्न वा सुन्न पाउँछौं । तर पनि नेपाल मा त पुराण को लहर चलेको छ । यो हामी नेपाली ले मनन गर्न पर्ने कुरा पनि हो । भए पनि वाल्मीकि रामायण र महाभारत ग्रन्थ आज सम्म पनि तेति विकृति ले ग्रस्त छैनन् भन्ने मानिएको छ । अझ भगवद्गीता त एकदमै निष्कलंक ग्रन्थ मानिन्छ । जति पनि दार्शनिक छन् सबैले भगवद्गीता र माहाभारत लाई असली ऐतिहासिक ग्रन्थ मानेका छन् । भगवद्गीता को ज्ञानगंगा बाट पूर्वीय मात्र होइन पाश्चात्य दार्शनिक पनि आकृष्ट भएका कुरा हामी पढ्न पाउँछौं ।
यस प्रसंग मा भगवद्गीता प्रति को सामाजिक आस्था बारे केही छलफल गर्नु सान्दर्भिक नै हुनेछ । कृष्णतत्व को र भगवद्गीता को चिन्तन विभिन्न दार्शनिक हरु ले गरेका छन् र गर्दै आएका पनि छन् । जसमा विवेकानन्द को निकै ठूलो योगदान छ । पाश्चात्य जगत्मा भगवद्गीता का बारे मा दर्शन फैलाउने हरु मा पनि उनी पनि अग्रगण्य मानिन्छन् । विवेकानन्द निकै पोख्त अध्येता र योगी थिए । वहाँको चिन्तन बाट मँजस्ता नवयुवा हरु पनि प्रभावित छन् । विवेकानन्द नवीनतम ऋषि हुन् । यसै गरी वहाँभन्दा अगाडि भक्तियोग को पराकाष्ठा नाघेका चैतन्य महाप्रभु लाई गीता का परमभक्त का रुपमा लिन सकिन्छ । बीसौं शताब्दी का दार्शनिक अरविन्द घोषु , बालगंगाधर तिलक, महात्मा गान्धी र योगी नरहरिनाथ आदि पनि गीता बुझ्ने महात्मा हरु हुन् । राधाकृणन् ले पनि भारतीय दर्शन का साथसाथै थुप्रै ग्रन्थ हरु लेखेका छन् । उनको पनि दार्शनिक चिन्तन को आधार भगवद्गीता नै देखिन्छ । अर्का महान् साहित्यकार तथा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुर को पनि भगवद्गीता प्रति को झुकाव उनको ग्रन्थ बाट प्रष्ट रुप ले थाहा पाउन सकिन्छ । यी पूर्वीय चिन्तक लाई हामी ले राम्रो सँग अध्ययन गर्न पाएका छैनौं । समाज र संस्कृति लाई व्याख्या गर्ने क्रम मा भगवद्गीता को सहायता लिएका यी विद्वान हरु को विवेचना निकै नै उत्कृष्ट र अविस्मरणीय छ ।
त्यसै गरी पाश्चात्य दार्शनिक पनि भगवद्गीता बाट निकै नै प्रभावित भएको हामी सुन्न र पढ्न पाउँछौं । म्याक्स मूलर ले त ठेली का ठेली वैदिक इतिहास को खोजी गरेका छन् । कति संस्कृत वाङ्मय को उल्था पनि गरेका छन् । सोपेनहावर पनि कृष्ण र भगवद्गीता का बारे मा विशिष्ट अध्ययन गरेका पाश्चात्य दार्शनिक हुन् । जुलियस क्ल्याप्रोथ को लेख बाट प्रभावित सोपेनहावर ले पूर्वीय दर्शन र भगवद्गीता का बारे मा आफ्नो किताब, द वल्र्ड याज वील एण्ड रेप्रीजेन्टेशनु मा सङ्ग्रहीत गरेका छन् । जर्मन दार्शनिक फ्रेड्रिक नित्से ले पनि मनु स्मृति का बारे मा लेखेका छन् जसमा उनले मनु स्मृति लाई अतुलनीय आध्यात्मिक र अद्वितीय ग्रन्थ भनेर मानेका छन् । मनु स्मृति का उक्ति हरु पनि भगवद्गीता का सूक्ति सँग मेल खान जान्छन् । अर्का जर्मन दार्शनिक हेगल लाई भगवद्गीता को ज्ञान ले यति धेरै छोएछ कि, भगवद्गीता को तीन वटा अध्याय का केही श्लोकहरु जर्मन भाषा मा उल्थै गरे । हेगल भन्छन्, कृष्ण उच्चकोटी को व्यक्तित्व, एक्सीलेण्ट अमंग अलू । त्यसैगरि अन्य थुप्रै पाश्चात्य साहित्यकार, वैज्ञानिक हरु ले भगवद्गीता र वैदिक इतिहास लाई अध्ययन गरेका छन् । जब मैले भगवद्गीता र ब्रह्माण्ड उत्पत्ति का बारे मा पढेँ, तब मलाई यो सम्पूर्ण ब्रह्माण्ड नै बेकाम को लाग्यो, यो भनाई महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन को हो । भारतीय चिन्तक विजयकुमार भन्छन्, यदि अल्बर्ट आइन्सटाइन ले भगवद्गीता पहिल्यै देखि पढेको भए, शायद उनी प्रथम दार्शनिक वैज्ञानिक हुने थिए र सापेक्षतावाद को सिद्धान्तलाई अझ बढी मनन गर्न पाउने थिए । अरु पनि दार्शनिक र चिन्तक को नाम लिँदा नोबेल पुरस्कार विजेता हर्मन हेस, हेनरी डेभिढ थोरो, अल्डस हक्सली आदि लाई पनि लिन सक्छौं, जसले भगवद्गीता र त्यसमा लुकेको वैज्ञानिकता लाई प्रष्ट्याउन खोजेका छन् ।
यी पाश्चात्य दार्शनिक, साहित्यकार, वैज्ञानिक हरु को कुरा सुन्दा र उनी हरु को पूर्वीय दर्शन पट्टी को मोह देख्दा शायद हामी पूर्वीय वासिन्दा, खासगरी नेपाल का वासिन्दा नजिक को देवता हेला भन्ने उखान लाई त चरितार्थ गरिरहेका छैनौ, भन्ने जस्तो लाग्छ । मैले किटान गरेर नै नेपाली भन्नु को तात्पर्य के हो भने, हामी महाभारत इतिहास सँग जोडिएका अविस्मरणीय पात्र हौं, जसमा यस ज्ञान सागर को एक एक ज्ञान कता कता हाम्रो जीनु मा लुकेको छ । हामी भौगोलिक हिसाब का साथसाथै वैचारिक हिसाब ले पनि यस इतिहास सँग नजीक छौं ।
मलाई त दुःख आश्चर्य यस विषय मा लाग्ने गर्छ कि, हामी केवल पौराणिक कथा र मेला जात्रा का रमझम मा मात्र अलमलिइरहेका छौं र कर्मकाण्डी दानदक्षिणा र भोजभतेर का रमझम लाई नै धर्म ठानेर अथवा गुरुडमवादी हरु का फट्याईंमा फँसिरहेका छौं । जसले गर्दा मूल सनातन तत्व बुझन पाइरहेका छैनौ । दिन रात कुनै देवमूर्ति अगाडि बसेर वा माला का माला मन्त्रहरु जपेर, अथवा ताल बिनाका भजन हरु गाएर हाम्रो उत्थान कदापी हुँदैन ।
यथार्थ मा हामी जब सम्म कर्म गर्दैनौं तब सम्म यस्ता मायाजाल मा फसीरहन्छौं र अध्यात्मविकास त के देश विकासका बारेमा सोच्ने मौका नै पाउँदैनौं । जब सम्म असली ज्ञानगंगा को भावधारा मा प्रवेश गर्दैनौं तब सम्म हाम्रो उन्नति हुँदैन । जब सम्म हामीले आफ्नो संस्कृति को वैज्ञानिक विश्लेषण र संरक्षण गर्दैनौं तब सम्म हामी अवनति को बाटो अँगालीरहेका हुनेछौं । यो ध्रुव सत्य कुरा हो । ध्रुव पनि भगवान्का भक्त थिए, तर उनले वैज्ञानिक भक्तिमार्ग अँगाले, त्यसैले सफल भए । हामीले पनि असली बाटो अँगाल्नै पर्छ । भगवद्गीता को ज्ञान हामी त्यतिखेर मात्र बुझेका हुनेछौं । तर हामी लाग्नु पर्छ गीतारहस्यको अध्ययन तिर ।
Alok Lamsal
Founder And Chief Editor
http://aalokvidya.wordpress.com
Learn More From Alok Lamsal

Learn how to get success in your life. Success is what matters in your life.
Living in the world where science is prevailing and Religion is lagging far behind. Learn the comparison of scince and religion to its truest form.
Replace this sample description with your own description. Mail your articles to swastik907@gmail.com . Share what you feel.